neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीबाट चोरीको मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीबाट चोरीको मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

Mar 14th, 2022

काठमाडौं, फागुन ३०
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१वटासवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन् ।

करिब एक महिनाको अवधिमा खोज तथा अनुसन्धानका क्रममा बरामद भएका २१ वटा मोटरसाइकल आज सोमबार सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गर्दे महाशाखा प्रमुख एसएसपी उमेश राज जोशीले विभिन्न कारण सवारी हराउने र चोरी हुने गरेको बताउनुभयो । ‘सवारीसाधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्नुपर्छ’ उनले भने ‘प्रविधि जडान गरेको छ भने चोरलाई चोरी गर्न समय लाग्छ र पक्राउ पर्ने सम्भावना बढी हुने हुँदा यस्ता मोटरसाइकल र स्कुटर उनीहरुले चाडैँ चोरी हाल्न सक्दैनन् ।’

“लाखौँ रुपियाँ खर्च गरेर मोटरसाइकल किन्नुहुन्छ, त्यसको सुरक्षाका विषयमा त्यत्तिकै संवेदनशील बन्न आग्रह गर्छु ।”उनले भने । ट्राफिक प्रहरीका अनुसार सवारीचालकको लापरबाही, सवारीमा लकको व्यवस्था नगर्नु, सुनसान एरियामा पार्किङ गर्नु, सवारीसाधनको डिस्क तथा ह्विल लक नगर्नु, सिसिटिभी क्यामेरा नहुनुलगायतका कारण मोटरसाईकल चोरी बढेको हो ।

त्यस्तै महाशाखाका प्रमुख जोशी आएपछि नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर नयाँ कर्ययोजना बनाईचोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन कडा निर्देशन दिएपछि दुई महिनामै ८८ वटा मोटरसाईकल फेला पारी धनी जिम्मा लगाई सकेको महाशाखाले जनाएको छ भने २५६ वटा मोटरसाईकल हराएको निवेदन परेको छ । सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’मा लगइन गरेर अनलाईन मार्फतसमेत निवेदन दिन ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi