neapl investment mega bank
  • गृहपृष्ठ
  • स्कोडाको ‘युरोपियन–क्लास’को सर्भिस काठमाडौंमा

स्कोडाको ‘युरोपियन–क्लास’को सर्भिस काठमाडौंमा

Mar 14th, 2022

काठमाडौं, फागुन ३०
नेपालको लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु स्कोडाले काठमाडौंको सितापाइलामा नयाँ ‘स्टेट–अफ–द–आर्ट’ ‘युरोपियन–क्लास’को सर्भिस सेन्टर सुरु गरेको छ । नयाँ सर्भिस सेन्टरको उद्घाटन स्कोडाका ग्राहक चर्चित अर्थोपेडिक डा. चक्रराज पाण्डे र लोेकप्रिय कलाकार अनुप विक्रम शाहीले संयुक्तरुपमा गरेका हुन् । नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सर्भिसको निर्माण स्कोडाको नयाँ ‘कर्पोरेट आइडेन्टिटी’ र डिजाइनमा गरिएको हो ।

काठमाडौंस्थित आधुनिक वर्कसप नेपाली बजारमा स्कोडाको स्थानलाई अझ बलियो बनाउने उद्देश्यले निर्माण गरिएको हो । यो सर्भिसबाट स्कोडाका ग्राहकले अद्वितीय युरापियन गुणस्तरको सर्भिस पाउन सक्नेछन् । काठमाडौंको सितापाइलास्थित स्कोडाको सर्भिस १५ हजार वर्ग फिटमा फैलिएको छ जहाँ ग्राहकलाई तुरुन्त सेवा दिन दुई वटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुल सेटसहितको १४ वटा बे रहेका छन् । यहाँ ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचानका लागि ‘इन–हाउस’ ‘टेस्ट ड्राइभ ट्रयाक’ र ठूलो स्पेयर्स पार्ट्स ‘वेयरहाउस’ पनि रहेको छ ।

‘हामीले हाम्रा ग्राहकका लागि युरोपियन क्लासको सर्भिस सेन्टर दिन पाउँदा निकै हर्षित छौं । हामीलाई विश्वास छ यो स्टेट–अफ–आर्ट सर्भिस सेन्टर र गुणस्तरीय प्रक्रियाले अद्वितीय सर्भिस अनुभव दिलाउन सक्नेछौं,’ स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।
हाल नेपालका नौ वटा सहरमा स्कोडाको सर्भिस नेटवर्क छ र ग्राहकको सहजताका लागि यसलाई थप फराकिलो बनाउने लक्ष्य स्कोडाले लिएको छ ।