neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंक र खल्ती डिजिटल वालेटबिच सम्झौता

सानिमा बैंक र खल्ती डिजिटल वालेटबिच सम्झौता

Mar 11th, 2022

काठमाडौं, फागुन २७
सानिमा बैंक र स्प्यारो पे प्रा. लि (खल्ती) बीच ग्राहकलाई थप सुबिधा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र खल्तबिच भएको सम्झौतामा ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई(बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ्ग मार्पmत् चेक आउट गर्न सक्नेछन ।

बैंक कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच स्प्यारो पे प्रा.लि. (खल्ती) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ बिभागका प्रमुख बिक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम संचालनमा रहेका छन् ।