काठमाडौं, फागुन २७
महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दे आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदैं महालक्ष्मी विकास बैंकको बेलौरी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महाकाली बहुमुखी क्याम्पस, बेलौरीलाई १७० थान गमला सहयोग गरेको छ ।
क्याम्पस प्रांगणमा आयोजित एक विशेष कार्यक्रमकाबिच क्याम्पसलाई गमला प्रदान गरेको कुरा महालक्ष्मी विकास बैंक शाखा कार्यालय बेलौरीका शाखा प्रबन्धक रामबहादुर विकले जानकारी गराए । क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पु¥याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई गमला वितरण गरिएको शाखा प्रबन्धक विकले बताए । उक्त गमला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले क्याम्पसको पर्यावरणीय सौन्दर्यता थप्नका निमित्त फुलका गमला दिई सहयोग गरेकोमा महालक्ष्मी विकास बैंकले गरेको कार्यको खुलेरै प्रसंशा गरे । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व काकार्यहरुलाई थप प्रभावकारीरुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीन वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।