neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रदेश प्रमुख शेरचनद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन

प्रदेश प्रमुख शेरचनद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन

Mar 11th, 2022

दाङ, २७ फागुन /रासस

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको प्रतिष्ठानको विकासका लागि पहल गर्ने बताउनुभयो ।

प्रदेश प्रमुख शेरचनले आफू स्वास्थ्यमन्त्री हुँदा अस्पतालको स्तरोन्नतिका लागि निर्णय गरेको बताउनुहँुदै गुरुयोजनाअनुसार बन्ने ४०० शय्याको अस्पतालको भौतिक पूर्वाधार विकासका लागि बजेट प्रदान गर्न केन्द्र र प्रदेश सरकारलाई आग्रह गर्ने बताउनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही शैक्षिक सत्रदेखि सुरु हुने बिएस्सी नर्सिङ, बिएनएस र ब्याचलर अफ फार्मेसी शैक्षिक कार्यक्रममा पठनपाठन सञ्चालन गरिने भएको छ । सोहीअनुरुप ती कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार (लेक्चर हल, अडिटोरियम हल, फ्याकल्टी रुम, ल्याब, फार्मेसी, पुस्तकालय तथा छात्रावास) र जनशक्तिका बारेमा प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा प्रतिष्ठानका अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, मेडिकल डाइरेक्टर डा रमेश कँडेल, डीन डा सागर पन्थी, सहायक निर्देशक डा एन्जिलिका कार्कीलगायतको उपस्थिति थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi