काठमाडौं, फागुन २६
महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दे आएको छ । सोही कार्यलाई निरन्तरता दिदै बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.१९ हेम्जा अवस्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।
यो सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगशालाका सामाग्रीहरु प्रदान गरिएको कुरा पोखरा, चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले जानकारी गराए । एक विशेष कार्यक्रमकाबिच उक्त विज्ञान प्रयोग शालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेको हो । बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु नेपाल भर छरिएर रहेका १०३ शाखाहरु मार्फत गर्दे आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने कुरा जानकारी दिएको छ ।
साथै, बैंकले आफ्ना ग्राहकहरुलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी वचत बृद्धि खाता संचालनमा ल्याएको छ । वार्षिक व्याजदर आठ दशमलव ५५ प्रतिशत रहेको यो खाता न्युनतम मौज्दात ५१ रुपैयाँमा नै खोल्न सकिने छ । यसमा पाँच लाख रुपैयाँसम्मको दुर्घटना विमा, निशुल्क मोवाइल बैकिङ, निशुल्क एटिएम कार्ड, निशुल्क डिम्याट खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।