neapl investment mega bank
  • गृहपृष्ठ
  • लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

Mar 10th, 2022

काठमाडौ, फागुन २६
प्रधानमन्त्री शेरवहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धी विकासबाट मुलुमा गरिवी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म पनि योगदान पु¥याइरहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ आंै राष्ट्रिय महिला उद्यमी सम्मेलनको बिहीबार बिरगञ्जमा उद्घाटन गर्दे उनले मुलुक छिटै नै अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुन गइरहेको सन्दर्भमा घरेलु तथा साना उद्योग क्षेत्रको विकास र विस्तारका लागि तीनै तहका सरकारहरुले एक आपसमा समन्वय गरी प्रभावकारी योजनाका साथ कार्य गर्न जरुरी भएको बताए ।

घरेलु तथा साना उद्योगहरुले मुलुकको कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको भन्दै प्रधानमन्त्री देउवाले भने, “यस्ता उद्योगहरुले मुलुकभित्र लाखौंका संख्यामा रोजगारीका अवसरहरु सिर्जना गरेका छन् । यसलाई थप प्रवद्र्घन गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई बढाउनु आजको आवश्यकता हो । यस क्षेत्रको विकास र सहजीकरणका लागि नेपाल सरकारकाृ थर्फबाट पु¥याउनुपर्ने सहयोगका लागि सरकार प्रतिबद्घ छ । साथै, सुमधुर श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गराउन पनि सरकार प्रयत्नरत छ ।”

आज मुलुकमा जनताले उपभोग गर्ने अधिकांश वस्तु तथा सेवा विदेशबाट आयात भइरहेको स्थिति रहेको भन्दै उनले भने, “बढ्दो आयातले एकातिर मुलुकमा औद्योगिकिकरण र आत्मनिर्भर अर्थतन्त्रको विकासमा चुनौति सिर्जना गरेको छ भने अर्कोतिर विदेशी मुद्राको मागमा अत्याधि चाप सिर्जना भई अर्थतन्त्रमा दबाब सिर्जना भएको छ ।” उद्यमशीलताको संस्कृतिलाई युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्घ बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नती गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले विश्व बजारमा नयाँ अवसरको रुपमा देखा परेको सूचना प्रविधि लगायतको सेवा क्षेत्रको प्रवद्र्घन समेत यसै क्षेत्रबाट भइरहेको सन्दर्भमा यसबाट अपेक्षित लाभ उठाउन समेत उद्योगी तथ युवा समुहलाई आग्रह गरे ।

महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले विभिन्न आरोह अवरोह पार गरी आजको मितिमा आइपुग्दा महासंघले मुलुकभित्र लघु, घरेलु तथा साना उद्योगहरुको विकास, विस्तार र प्रवद्र्घनको क्षेत्रमा देखिएका चुनौति र सम्भावनाहरुका सम्बन्धमा राज्यलाई धेरैपटक आवश्यक राय सुझाव सहित सहहकार्य गर्दै आएको बताए । साना उद्यमको माध्यमबाट मुलुकको अर्थतन्त्रलाई लियो र दिगो बनाउनेतर्फ केन्द्रित रहेको बताउँदै उनले भने – “विषम परिस्थितिमा पनि हाम्रो संकल्प र साधना निरन्तर अघि बढिरहेको छ । स्थानीय स्रोत र साधनको परिचालन गर्ने सवालमा होस या मुलुकभित्र रोजगारी सिर्जन ागर्ने सवालमा होस घरेलु र साना उद्योगको योगदान उच्च रहेको तथ्यांकले पुष्टि गरेकै छ । अझ छरिएर रहेको पूँजीको परिचालन र उत्पादनमूलक क्षेत्रमा लगानी बृद्घि गर्ने कार्यमा समेत यसै क्षेत्रको महत्वपूर्ण योगदान रहेको सर्वविदितै छ ।”

सहुलियत कर्जा वितरण सहज नभएको तथा विभिन्न कार्यक्रमहरुमार्फत व्यवसायहरुलाई प्रदान गरिएको अनुदान र सहयोग वास्तविक उद्यमीले पाउन नसकेको भन्दै उनले यसतर्फ पनि प्रभावकारी नीति र कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।महासंघकै इतिहासमा पहिलो चोटी काठमाडौ वाहिर आयोजना गरिएको महासंघको महाधिवेशनमा लघु घरेलु तथा साना उद्योग र महिला उद्यमशीलताको क्षेत्रमा सुधार गर्नु पर्ने र स्थापित गर्नुपर्ने सकारात्मक नीति नियम र काुननहरुको वारेमा छफफल गरि ठोस निष्कर्षमा पुग्ने योजना रहेको उहाँले बताए ।

महाधिबेशनवाट तीन वटै तहका सरकारले लघु घरेलु तथा साना उद्योगको क्षेत्रमा अवलम्बन गर्नुपर्ने सुधारका कार्यक्रम र नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउने र सुधारका लागि पहल गर्ने नेतृत्व समेत चयन गर्ने अध्यक्ष गिरीले बताए । यस्ता उद्योगले अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादनको छ प्रतिशत जति अंश योगदान गरिरहेको जानकारी दिंदै उनले भने, “यो बाहेक झण्डै पाँच लाख परिवार अनौपचारीक रुपमा लघु उद्यम व्यवसायमा संलग्न रहेको अनुमाान छ । यी सबैको गणना गर्दा लघु घरेलु तथा साना उद्योगले कुल ग्राहस्थ उत्पादनको झण्डै १३ प्रतिशत योगदान पुराइरहेका छन् ।” “भण्डै २७ लाख जनशक्तिाई रोजागरी उपलब्ध गराई रहेको यस क्षेत्रले मुलुकको निर्यातको ६० प्रतिशत भन्दा बढी अंशमा योगदान पु¥याइरहेको छ । यति हुदाहँुदै यो क्षेत्र अझैपनि उपेक्षित रहि आएको छ । वर्तमान संघिय संरचनामा मुलुक प्रवेश गरेपछि यो क्षेत्र र सरकारका तीन तहका बीच दुरी घट्नुको साटो अझ बढिरहेको छ । यस्तो अवस्थामा हामी महासंघको २५ औ राष्ट्रिय महाधिवेशन र २२ औ केन्द्रिय महिला उद्यमी सम्मेलन आयोजना गरिरहेका छौंं ।”

सम्मेलनको उद्घाटन समारोहमा मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्मा, मधेश प्रदेशका खानृपानी तथा सरसफाई मन्त्री उमाशंकर चौधरी, वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी, महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, महासंघ अन्तरगत केन्द्रिय महिला उद्यमी समितिका निवर्तमान सभापति अञ्जु उपाध्याय लगायतले आफना भनाई राखेका थिए ।