neapl investment mega bank
  • गृहपृष्ठ
  • ब्लिन्केन र कुलेबा बीच युक्रेनलाई थप सुरक्षा, मानवीय सहायता प्रदान गर्ने प्रयासहरूबारे छलफल

ब्लिन्केन र कुलेबा बीच युक्रेनलाई थप सुरक्षा, मानवीय सहायता प्रदान गर्ने प्रयासहरूबारे छलफल

Mar 10th, 2022

वासिङ्टन (अमेरिका ), २६ फागुन, रासस/एएनआई

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाबीच टेलिफोन वार्ता भएको छ । उहाँहरू बीच युक्रेनलाई थप सुरक्षा र मानवीय सहायता उपलब्ध गराउने समन्वयात्मक प्रयासहरूबारे छलफल भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताउनु भएको छ।

वार्तापछि आधिकारिक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले आज युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबासँग फोनमा कुरा गरेको र उहाँहरू बीच युक्रेनलाई थप सुरक्षा सहयोग र मानवीय सहयोग उपलब्ध गराउने समन्वयात्मक प्रयासहरूबारे छलफल भएको जनाइएको छ।
ब्लिन्केन र कुलेबाले रुसको सैन्य कारबाही रोक्न जारी कूटनीतिक प्रयासहरूबारे पनि छलफल गरेको प्राइसले उल्लेख गर्नुभएको छ ।