काठमाडौं, फागुन २५
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दे आएको महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दे आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै बैंककोे सुर्खेत शाखाले एक विशेष कार्यक्रमकाबिच बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।
उक्त झोला वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु उपस्थित रहेका थिए । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यवस्थापनले बैंकलाई धन्यवाद ज्ञापन गरेको छ । सोही कार्यक्रममा बोल्दै सुर्खेत शाखाका शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थिलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने विश्वास ब्यक्त गर्दे आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा संचालन गर्ने जानकारी दिए ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।