neapl investment mega bank
  • गृहपृष्ठ
  • जापानको विदेश मन्त्रालयद्वारा रुस र बेलारुस विरुद्धको प्रतिबन्ध प्याकेजको विवरण सार्वजनिक

जापानको विदेश मन्त्रालयद्वारा रुस र बेलारुस विरुद्धको प्रतिबन्ध प्याकेजको विवरण सार्वजनिक

Mar 8th, 2022

टोकियो (जापान), २४ फागुन, रासस/एएनआई/ स्पुतनिक

जापानी विदेश मन्त्रालयले युक्रेनको अवस्थाको सम्बन्धमा रुस र बेलारुस विरुद्ध तेस्रो प्रतिबन्ध प्याकेजको विवरणहरू सार्वजनिक गरेको छ।
त्यसैगरी अन्य २० रुसी र १२ बेलारूसी नागरिकहरू विरुद्ध व्यक्तिगत प्रतिबन्धहरू समेत लगाएको छ । साथै दुई थप रूसी र १२ बेलारूसी संगठनहरू विरुद्ध पनि प्रतिबन्ध लगाएको छ।

साथै सशस्त्र बलहरू, कानून प्रवर्तन एजेन्सीहरू र खुफिया संगठनहरू सहित बेलारूसी रक्षा मन्त्रालयको लागि निर्यात प्रतिबन्ध लगाइएको छ। व्यक्तिगत प्रतिबन्धहरू विशेष गरी क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ, चेचेन नेता रमजान कादिरोभ, व्यापारी बोरिस रोटेनबर्ग र अलीशेर उस्मानोभ र अन्यमाथि लगाइएको हो।

जापानले रुसलाई तेल प्रशोधन गर्ने उपकरण निर्यातमा पनि प्रतिबन्ध लगाएको जापानी विदेश मन्त्रालयले जनाएको छ ।