neapl investment mega bank
  • गृहपृष्ठ
  • रुसी आक्रमणका कारण महिला र बालबालिकाको व्यापक मानव अधिकार उल्लंघन विरुद्ध शान्ति समाजको प्रदर्शन

रुसी आक्रमणका कारण महिला र बालबालिकाको व्यापक मानव अधिकार उल्लंघन विरुद्ध शान्ति समाजको प्रदर्शन

Mar 8th, 2022

काठमाडौं, फागुन २४
अन्तराष्ट्रिय नारी दिवस ८ मार्च २०२२ मा मानव अधिकार तथा शान्ति समाजले रुसले युक्रेन माथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको ब्यापक मानव अधिकार उल्लङ्घनको बिरोधमा प्रदर्शन गरेको छ ।

२०७८ फागुन २४ गते रुपन्देहीको वुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथि रुसी आक्रमणका कारण लाखौ विस्थापित एवं शरणार्थी भएको, हजारौ मारिएका, महिला र बालबालिकाको व्यापक मानव अधिकार उल्लंघन भएको बताउँदै मानव अधिकार उल्लंघनको यो कहालिलाग्दो सिलसिला अन्त्य गर्न तत्काल रुसले युद्ध रोक्नुपर्नेमा जोड दिनुभयो । बिहान आघा घण्टा भएको प्रदर्शनमा शान्ति समाजका सचिव मिना ढकाल, पूर्व केन्द्रीय सदस्य अञ्जु गौतम, रुपन्देही शाखा सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।

यस्तै अन्तराष्ट्रिय नारी दिवसका दिन शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा रुस युक्रेन युद्ध ः महिला र बालबालिका संकटमा विषयक विचार गोष्ठी सम्पन्न भएको थियो । शान्ति समाज काठमाण्डौ शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा सम्पन्न गोष्ठीमा पूर्वमन्त्री अम्बिका बस्नेत, सांसद सरिता न्यौपाने, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, उपसभापति कृष्ण ब. रावल, महासचिव रामकृष्ण बराल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो भने संगिता ढुंगाना दाहालले युद्ध अन्त्यको आवाहन सहित कविता वाचन गर्नुभएको थियो ।

यसैगरी फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका दिन मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा रुस युक्रेन युद्ध ः महिला र बालबालिका संकटमा बिषयक बिचार गोष्ठीमा तुलसीपुर उपमहानगरपालिकाका उप प्रमुख माया आचार्य, शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेत, समाजका केन्द्रिय सचिब निर्मल नेपाली, जनप्रतिनिधि तथा अधिकारकर्मीहरु साबित्रा गुरुङ, मधुमती सुनार, जानका रेग्मी, माया श्रेष्ठ, सुष्मा गिरी, पद्मा चौधरी, आशा चौधरी, देवा डाँगी र देवा बस्नेत, निर्मला डिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम दाङ शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न भएको थियो ।

रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको देशव्यापी अभियान अन्तर्गत गत एक सातामा नवलपुर, पाल्पा, अछाम, नुवाकोट, चितवन, बाँके र नवलपरासी पश्चिममा प्रदर्शन भइसकेको छ ।