neapl investment mega bank

सुन आयातको सीमा घट्यो

Mar 6th, 2022

काठमाडौँ, २२ फागुन /रासस

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको हो ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा (४) लाई संशोधन गरिएकाले सोही बमोजिम गर्न निर्देशन दिएको छ ।