neapl investment mega bank
  • गृहपृष्ठ
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राप्रपा नेपाल समर्थित विद्यार्थीहरुले निकाले राँके जुलुस

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राप्रपा नेपाल समर्थित विद्यार्थीहरुले निकाले राँके जुलुस

Mar 6th, 2022

काठमाडौँ, २२ फागुन

राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीबाट निकालिएको जुलुस चाबहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो । बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने ,भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउदै जुलुस प्रदर्सन भएको हो। कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रस्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने मूल्य वृद्धिलाई भने निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए ।