काठमाडौ, फागुन २०
काठमाडौं–कृषि विकास बैंक संचालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको छ । सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् ।
उनी साँढे तीन बर्षदेखी का.मु. महाप्रबन्धकको जिम्मेवारीमा थिए । कृषि विकास बैंकमा प्रबेश गर्नु अघि उनले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए ।