काठमाडौ, फागुन २०
नेपाल बैंक र पोखरा विश्वविद्यालयबिच सम्झौता भएको छ । सम्झौंता अनुसार बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एबम् विद्यार्थिहरुलाई आधुनिक एबम् सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।
जस अन्तर्गत बिश्वबिद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/शिक्षक/कर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गरि भिसा डेबिट (एटिएम) कार्ड निःशुल्क उपलब्ध गराइने, मोवाईल बैंकिङ र इन्टरनेट बैंकिङ रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५ प्रतिशत छुट प्रदान गरिने, जुनसुकै प्रकारको कर्जा लिदा सेवा शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने, डिम्याट, सि आश्वा, मेरो शेयरको रजिष्टे«शन सुविधा निःशुल्क उपलब्ध गराइने, कर्मचारीहरुलाई क्रेडिट कार्डको सुबिधा प्रदान गर्ने लगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंक लिमिटेडकै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना कुनै शुल्क तत्कालै ट्रान्सफर गरिने, बिश्वबिद्यालयको आबश्यकता अनुसार बिश्बबिद्यालय परिसरमा एटिएम मेशिन, बैंक काउन्टर, बैंक ब्रान्च स्थापना गरि बैंकले सेवा प्रदान गर्ने लगायत विविध बैकिङ सेवा एबम् सुविधाहरु उपलब्ध गराउने सम्वन्धमा पोखराको लेकसाईडमा भएको उक्त सम्झौतापत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा.दीपक बहादुर भण्डारी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अधिकारीले नेपालको पहिलो बैंक र विश्वविद्यालयबिचको सम्झौताले दुवैलाई उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएकाले हस्ताक्षर गरिएको बताउदै विश्वविद्यालय र बैंकलाई अझ व्यवसायिक उचाईमा कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गरे । बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्झौतालाई ऐतिहासिकरुपमा लिएको बताउँदै आर्थिक कारोवारको रुपमा नेपाल बैंकलाई छनोट गरेको भन्दै विश्वविद्यालयलाई धन्यवाद दिए । उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयको उपकुलपति प्रेमनारायण अर्याल, नेपाल राष्ट्र बैंक पोखराका प्रमुख डा. रामशरण खरेल, बैंकका बजारिकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरि बुढाथोकी, विश्वविद्यालयका पदाधिकारीहरु, बैंकका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।