neapl investment mega bank
  • गृहपृष्ठ
  • व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो : महासचिव पोखरेल

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो : महासचिव पोखरेल

Mar 3rd, 2022

गोदावरी, १९ फागुन /रासस

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गर्नुभयो ।महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाउनुभयो ।