काठमाडौ, फागुन १८
विगत २७ वर्षदेखि अनवरतरुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दे आएको महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्नअ वसरहरुमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दे आइरहेको छ । सोहि कार्यलाई निरन्तरता दिदै हिन्दुहरुको महानपर्व महाशिवरात्रिको पावन अवसरमा बैंकको पोखरा, लेकसाइड शाखाले पोखरा महानगरपालिका वडा नं. ६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर संचालन गरेको छ ।
महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा आएका व्रतालु तथा भक्तजनहरुलाई दर्शन गर्न सहजहोस् भन्ने हेतुले उक्त शिविर संचालन गरिएको पोखरा, लेक साइड शाखाका शाखा प्रवन्धक नवराज भण्डारीले बताए । केदारेश्वर म्न्दिर दर्शन गर्न पुगेका दर्शालु तथा भक्तजनहरुले बैंकले गरेको यस पुण्य कार्यको सराहना गर्दे खुसी व्यक्त गरेका थिए । महाशिवरात्रिमा केदारेश्वर मन्दिर आएका करिब पाँच हजार व्रतालु तथा भक्तजनहरलाई चिया, फलफुल तथा पानीवितरण गरिएको छ । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलार्इ अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।