neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रमजीवी पत्रकारको तलव २५ प्रतिशतले बढाउन सिफारिस

श्रमजीवी पत्रकारको तलव २५ प्रतिशतले बढाउन सिफारिस

Mar 2nd, 2022

आधारभूमि संवाददाता

काठमाडौ १८ फागुन

न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरुको तलव बढाउन सिफारिस गरेको छ । समितिले पत्रकारको आधारभूत तलव २५ प्रतिशतले वृद्धि गर्न बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समक्ष सिफारिस गरेको हो ।

समितिले श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवीको तलव २५ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको हो ।

प्रतिवेदन पेश गर्दै समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजिवीहरुको आधारभूत आवश्यकता, बजारको अवस्था, मौद्रिकमा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजिवीहरुको आधारमा २५ प्रतिशतले तलव वृद्धिको सिफारिस गरिएको बताए । उनले समितिको कार्यक्षेत्र बढाई पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन पनि सिफारिस गरिएको बताउनुभयो ।

यसैगरी ऐन, नियमावली कार्यान्वयन नगर्ने सञ्चार प्रतिष्ठानलाई राज्यले दिने सेवा सुविधामा रोक लगाउन, छुट्टै प्रेस रजिष्टारको व्यवस्था गर्न, प्रत्येक सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐन नियमावली अनुसार कल्याणकारी कोषको स्थापना गर्न र कोभिड प्रभावित पत्रकार, कर्मचारी÷कामदारलाई विशेष राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सिफारिस गरिएको छ ।