neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंक अब काभ्रेको पाँचखाल, तामाघाटमा

सानिमा बैंक अब काभ्रेको पाँचखाल, तामाघाटमा

Feb 28th, 2022

काठमाडौ, फागुन १६
सानिमा बैंक लिमिटेडले सोमबारबाट काभ्रेको पाँचखाल, तामाघाटमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमकाबिच गरेका हुुन ।

समुद्घाटन् समारोहमा पाँचखाल नगरपालिकाका मेयर खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंककोरुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेकाछन । त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेकाछन । बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १०४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।