neapl investment mega bank
  • गृहपृष्ठ
  • कामना सेवाद्वारा थप तीन वटा स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवाद्वारा थप तीन वटा स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन

Feb 28th, 2022

काठमाडौ, फागुन १६
कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा यही फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगान.पा. वडा नं. २, सितापुर र लमजुङ जिल्लाको मध्य नेपाल न.पा. वडा नंं ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ हो ।

देवदह न.पा. मा देवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम के.सी.), सितगंगान.पा.मा सचिन मोबाइल सेन्टर (प्रो. सचिन बोहोरा) र मध्य नेपाल न.पा.मा इशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । देवदह रुपन्देहीमा बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र देवदह न.पा. वडा नंं ८ का वडा अध्यक्ष्यश्री डण्डपानी भट्टराई, मध्यनेपाल लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा अर्घाखांची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा न.पा. वडा नंं. २ का वडा अध्यक्ष्य गोबर्धन थापाले उक्त शाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरी सेव ाशुभारम्भ गरेका हुुन् ।

कार्यक्रममा बैंकका संस्थापकहरु, बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय व्यक्तिहरुको उपस्थिती रहेको थियो । शाखारहित बैंकिङ मार्फत खाता खोल्न,निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।