neapl investment mega bank
  • गृहपृष्ठ
  • एमसिसीको व्याख्यात्मक घोषणा पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

एमसिसीको व्याख्यात्मक घोषणा पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

Feb 27th, 2022

आधारभूमि संवाददाता

काठमाडौ १५ फागुन

सरकारले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ । केही बेर अघि संसद भवनमा बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणा ग्रहण गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक व्याख्यात्मक घोषणा पारित गर्ने गरिएको हो ।

सरकारले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसीसँग सो घोषणा पनि पारित हुनेछ ।