आधारभूमि संवाददाता
काठमाडौ १५ फागुन
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रघाती सम्झौता अनुमोदन गर्न खोजेर गैरजिम्मेवार काम गरेको वताउनुभएको छ ।
उहाँले एमसीसी सम्झौता राष्ट्रघाती भएको उल्लेख गर्दै एमसीसीका पक्षमा मतदान गर्ने तयार सांसदहरुलाई राष्ट्रिय गद्दारको संज्ञा समेत दिनुभयो । एमसीसीलाई संसद्मा पेस गर्नु नै देशको अपमान भएको उहाँको तर्क थियो । उआँले भन्नुभयो एमसीसीमा जजसले समर्थन गर्छन्, उनीहरू सबै राष्ट्रिय गद्दार हुन्।’
एमसीसी सम्झौता पास गर्न आइतावर बसेको संसद बैठकमा एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै नेता रावलले विपक्षमा मतदान गर्न सांसदहरूलाई आग्रह गर्नुभएको हो ।
नेपालमा एमसीसी लागू भएपछि नेपालले अमेरिकी कानुन मान्नुपर्ने भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा पनि आघात पुग्ने उहाँको भानाइ छ ।