neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन फागुन २६ गते हुँदै

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन फागुन २६ गते हुँदै

Feb 26th, 2022

काठमाडौ, फागुन १४
नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ र २७ गते वीरगञ्जमा आयोजना हुने भएको छ । कोरोना संक्रमण लगायतका कारणले महाधिवेशन स्थगित हुँदै आएको थियो ।

यस महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै तीन वर्षे कार्यकालका लागि महासंघ केन्द्रीय कार्यसमिति तथा केन्द्रीय महिला उद्यमी समितिको नयाँ नेतृत्व समेत चयन गरिने महासंघले जनाएको छ ।

महासंघको अहिलेसम्म बागमती, गण्डकी, लुम्बिनी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको अधिवेशन सम्पन्न भइसकेको र १ नं. प्रदेशको अधिवेशन २०७८ फागुन १५ गते हुँदैछ । महासंघको केन्द्रीय महाधिवेशनमा प्रदेश संघ, जिल्ला संघ, बस्तुगत संघ, एसोसियट सदस्य, सहकारी सदस्य र नवीकरणीय उर्जाका प्रतिनिधिहरु सहभागी हुनेछन भने राष्ट्रिय महिला उद्यमी सम्मेलनमा प्रदेश र जिल्ला महिला उद्यमी समितिका महिला प्रतिनिधिहरुको सहभागीता रहनेछ । यसैगरी महासंघको विधान बमोजिम वस्तुगत संघ, एसोसियट सदस्य, सहकारी सदस्य र नवीकरणीय ऊर्जा प्रत्येकका लागि छुट्टाछुट्टै निर्वाचन क्षेत्र मार्फत मतदान प्रक्रिया अवलम्बन गरिने छ ।

विधान अनुसार महासंघको केन्द्रीय कार्यसमिति ९७ जनाको र केन्द्रीय महिला उद्यमी समितिको कार्यसमिति ५५ जनाको हुनेछ ।