neapl investment mega bank
  • गृहपृष्ठ
  • रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन ,दिर्घकालिन सोच बोकेका सफल उद्यमीको देहावसानले समग्र सिमेन्ट उद्योग मर्माहत

रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन ,दिर्घकालिन सोच बोकेका सफल उद्यमीको देहावसानले समग्र सिमेन्ट उद्योग मर्माहत

Feb 25th, 2022

काठमाडौं, फागुन १३
रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको विसं. २०७८ फागुन ५ गतेका दिन, ४५ बर्षको उमेरमा असामयिक निधन भएको छ । स्व. खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत अतुलनीय उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै देश तथा जनताका लागि उल्लेखनिय योगदान पु¥याउँदै आइरहेका थिए । एक दिर्घकालिन सोच बोकेका सफल यूवा उद्यमी तथा रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको असामयिक स्वर्गारोहनले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षती पुगेको छ ।

विसं. २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो । स्थापना कालको ५ बर्ष भित्रै अतुलनीय गुणस्तरका उत्पादन तथा नवप्रबर्तनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धि सिद्धि स्थापित भइसकेको छ । यसरी स्थापनाको छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रुपमा रिद्धि सिद्धिलाई स्थापित गराउनमा स्व. खरेल ज्यूको अथक मिहेनत, अतुलनीय निस्वार्थ समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनिय भूमिका खेलेको छ । यस्ता कर्मठ, निस्वार्थ सञ्चालकलाई अल्पायूमै गुमाउनु पर्दा रिद्धि सिद्धि सिमेन्ट प्रालि परिवार निकै मर्माहत भएको कम्पनीले जनाएको छ ।

सिमेन्ट उत्पादन प्लान्टका लागि अत्याधुनिक प्रविधिका साथ उत्पादनको गुणस्तरार्थ मानक स्थापना गर्नु र पारदर्शिता दिँदै नेपाली समाजका लागि बलियो आधार निर्माण गर्ने कम्पनीको भिजन रहेको छ । यही भिजनलाई आत्मसात गर्दै दृढताका साथ अघि बढिरहेका उनको अभाव कम्पनीका लागि मात्र नभइ समग्र सिमेन्ट उद्योगले नै महशुस गरिरहने कम्पनीको भनाइ छ ।