आधारभूमि संवाददाता
काठमाडौं १२ फागुन
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरमा विरोध जारी छ । विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको छ ।
एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी हानेको छ ।
त्यस्तै प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेका छन् । राष्ट्रिय सहमतीमा मात्र एमसिसी पास गर्नुपर्ने भन्दै आएको ति दलका संगठनले आज पनि प्रदर्शन गरेका हुन् ।
गृह मन्त्रालयले बिहानैदेखि प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई रोक्न प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ।