आधारभूमि संवाददाता
काठमाडौं, १२ फागुन
एमसिसीमा छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । त्यस्तै कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने वताइएको छ । सरकारले आइतबारको संसद बैठकमा एमसीसी सम्झौता टेबल गरेको थियो।