neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुदुरपश्चिम प्रदेशमा रहेका मुक्त हलिया र वादी समुदायको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ

सुदुरपश्चिम प्रदेशमा रहेका मुक्त हलिया र वादी समुदायको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ

Feb 23rd, 2022

काठमाडौ, फागुन ११
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुुदुुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुुदायको आज स्थलगत निरीक्षण गरेकीछन ।

स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा आयोजित भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूूमि संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले भूूमि सम्बन्धी समस्या संविधानमा भएको व्यवस्था कार्यान्वयनमा आफूू प्रतिबद्ध भएर लागिरहेको बताईन । उनले लामो समयदेखि व्यवस्थापन हुन नसकीरहेको मुक्त कमैया, कम्लरी, हलिया, हरुवा र चरुवाहरुको समस्या समाधानका उपायसहित दिनेगरी अध्ययन समितिले प्रतिवेदन तयार परिरहेको र सोही प्रतिवेदनका आधारमा तीनै तहको समन्वयमा काम अघि बढाइने बताईन ।

संविधानमा व्यवस्था भएअनुसार भूमिमहिन दलित, भूूमिहिन सुुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दिगो रुपमा समाधान होस भनेर भूूमि र किसानका क्षेत्रमा काम गरिहेका सदस्य रहने गरी राष्ट्रिय भूूमि आयोगको गठन आदेश संशोधन गरी जिल्ला भूूमि आयोगहरु गठन गर्ने काम भइरहको पनि मन्त्री श्रेष्ठले बताईन ।

कानुन, ऐन नियमहरु बन्ने तर त्यसको कार्यान्वयन नहुनु मुख्य समस्या रहेको भन्दै मन्त्री श्रेष्ठले भूूमि सम्बन्धी समस्या समाधानका लागि संविधान र कानुनको कार्यान्वयन नै आफ्नो पहिलो प्राथमिकतामा रहेको पनि बताईन । मन्त्री श्रेष्ठले भूूमि ऐन कार्यान्वयनमा समस्या देखिएकाले भूू–नियमावली निर्माणको काम सकेर मन्त्रीपरिषदमा लगिएको र त्यो छिटो पास होस भनेर आफुु लागि रहेको पनि जानकारी दिईन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi