काठमाडौ, फागुन ११
नेपालको सबैभन्दा बढी विश्वसनीय स्मार्टफोन ब्राण्ड सामसङ्गले आजदेखिनेपालमा आफ्नो सर्वाधिक प्रिमियम ब्राण्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मोबाइलहरु बजारमा ल्याएका छन् । ग्यालेक्सी एस २२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेको छ । आकर्षक एवं दीगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसरयुक्त अद्भूत क्यामराहरु रहेका छन् ।
“ग्यालेक्सी एस २२ सिरिजलाई प्रस्तुत गरेर हामीले नियमहरुको पुनर्लेखन गर्न र एउटा स्मार्टफोनले कति सम्म गर्न सक्छ भन्ने प्रष्ट्याउन चाहिरहेका छौं । पहिलो पटक,ग्यालेक्सी एस २२ अल्ट्राले ग्यालेक्सी नोट र एस सिरिजको उत्कृष्टतालाई सँगसँगैं ल्याएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिनभन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध छ, जसलाई हालसम्मकै सर्वाधिक शाक्तिशाली अल्ट्रा उपकरण बनाइएको छ । ग्यालेक्सी एस २२ सिरिजक कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेर गर्ने योग्यताहरुका साथ डिजाइन गरिएको छ, जसले तपाईंको हरदिनलाई भव्य बनाइदिनेमा हामी विश्वस्त छौं ।” सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले बताउनु भयो ।
ग्यालेक्सी एस २२ अल्ट्राः सामसङ्गद्वारा प्रस्तुत हालसम्मकै सर्वाधिक शक्तिशाली फोन
ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन हामीले निर्माण गरेको मध्ये अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभएस पेन हो । ७० प्रतिशत कम बिलम्बताका साथ तपाईंले आफ्नो एस २२ अल्ट्राको फराकिलो स्क्रिनमा बढी स्वभाविक रुपमा लेख्न, चित्र कोर्न र एपहरु नयाँ तरिकाहरुबाट चलाउन सक्नु हुन्छ । एस पेनका साथ एस २२ अल्ट्राले नोटको विरासतलाई निरन्तरता दिएर सिर्जनात्मक हुने र कार्यहरु गर्ने नयाँ शैलीहरु प्रदान गरेको छ । परिणामतः यसभन्दा अघि कहिल्यै नभएको मोबाइल अनुभव। अद्वितीय क्यामरा लेन्सहरु र धातुको चिल्लो फ्रेम जसले ऐनाको स्वरुप प्रदान गर्दछ, त्यस्तो विशेषता भएको ग्यालेक्सी एस २२ अल्ट्राले अत्याधुनिक डिजाइनको उत्कृष्टता दर्शाउँछ । आकर्षक सिसा र मिहिन फिनिसिङ्गले एस २२ अल्ट्राको पुनःकल्पित रेखीय, प्रवाहित आकारमा एक सुन्दर स्पर्श थपेको छ, जसले ग्यालेक्सी नोटको प्रतिष्ठित तीखो कोणहरुलाई पूर्ण पार्छ ।