neapl investment mega bank
  • गृहपृष्ठ
  • नेशनल लाईफ इन्स्योरेन्स ३५ औं बर्षमा प्रवेश

नेशनल लाईफ इन्स्योरेन्स ३५ औं बर्षमा प्रवेश

Feb 22nd, 2022

काठमाडौ, फागुन १०
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३५ औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले बिज्ञप्ती जारी गर्दे फागुन १० गते मंगलबारबाट ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको जानकारी दिएको हो ।कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ । यसैगरी कर्मचारीहरुमाझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ का कारण औपचारिकरुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम गरिएन ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीकोरुपमा स्थापित कम्पनीले विगतका वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । यहि आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगेको छ । कम्पनीको जीवन बीमा कोषमा ५० अर्बको हाराहरीमा रकम जम्मा भएको छ । कम्पनीको चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी चार अर्ब तीन करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रतिहजार ६४ रुपैयाँ देखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँ सम्म दिएको जानकारी दिएको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रृया समेत अघि बढाएको छ ।

कम्पनीको ३५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीप्रति विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्ताहरु एवं शुभेच्छुकहरुप्रति हार्दिक आभार ब्यक्त गरेको छ । साथै नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता ब्यक्त गरेको छ ।