काठमाडौ, फागुन १०
नेपाल बैंकको बोनस शेयर सुचीकृत भएको छ । बैंकको यही पौष २ गतेका दिन सम्पन्न भएको बैंकको ६२ औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७/७८ मा कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले हुन आउने एक अर्ब ७६ करोड ९१ लाख ४६ हजार दुई सय सात रुपैयाँ रकम बराबरको एक करोड ७६ लाख ९१ हजार चार सय ६२ कित्ता बोनस शेयरनेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको हो ।
शेयर अभौतिकीकरण गरिसक्नु भएका शेयरधनीहरुको डिम्याट खातामा १४ प्रतिशतका दरले हुन आउने बोनस शेयरजम्मा हुने र भौतिकरुपमा कायम शेयरधनीहरुले शेयर अभौतिकीकरण गराए पश्चात् मात्र बोनस शेयर खातामा जम्मा हुने भएकोले आफ्नो नाममा रहेको शेयर यथाशीघ्र अभौतिकीकरण गराउन समेत बैकले आग्रह गरेको छ ।