neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बैंक र बि.एण्ड बि हस्पिटलबिच सम्झौता

नेपाल बैंक र बि.एण्ड बि हस्पिटलबिच सम्झौता

Feb 22nd, 2022

काठमाडौ, फागुन १०
नेपाल बैंक लिमिटेड र बि.एण्ड बि हस्पिटलबिच सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल बैंकका कर्मचारीहरु र ग्राहकहरुले बि.एण्ड बि हस्पिटलमा उपचार गर्दा बिशेष छुट पाउनेछन ।यस अन्र्तगत नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र नेपाल बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको बैकले जानकारी दिएको छ ।

बि.एण्ड बि.हस्पिटल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौतापत्रमा बि.एण्ड बि.हस्पिटलका तर्फबाट प्रा.डा.अशोक कुमार बांस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका हुुन । उक्त कार्यक्रममा हस्पिटलका संचालक प्रा. डा. अशोक कुमार बास्कोटाले बि.एण्ड बि.हस्पिटलले अन्तराष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको जानकारी गराउदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरु एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुबिधा प्रदान गर्ने अवसर मिलेकोमा आफु धेरै नै खुशि भएको धारणा व्यक्त गरे । त्यसैगरि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल बि.एण्ड बि.हस्पिटलसंग सहकार्य गर्न पाएकोमा हस्पिटलप्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु एवं डिजिटल र कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई स्वास्थ्य उपचारमा बिशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटलप्रति आभार समेत व्यक्त गरे । साथै उहांले यस बिशेष छुट सुबिधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु र ग्राहकहरुले लाभान्वित हुने विश्वास समेत ब्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल बैंमका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, बि.एण्ड बि.हस्पिटलका तर्फबाट डा. रिना श्रेष्ठ (बैद्य), डा.सरोज बैद्य, डा. बिवेक बांस्कोटा, चेतना बास्कोटा, प्रविण बराल, बिबेक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।