neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना अपडेटः निको हुने दर ९७ दशमलब ६ प्रतिशत

कोरोना अपडेटः निको हुने दर ९७ दशमलब ६ प्रतिशत

Feb 21st, 2022

काठमाडौ‌, ९ फागुन

नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २२५ जनाको पीसीआर परीक्षणमा २४७ र २ हजार ९१५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको कुल संख्या ११ हजार ९२५ पुगेको छ।

हाल देशभर कोरोनाका सक्रीय संक्रमित देशभर ११ हजार २८२ जना रहेका छन् । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १२०५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९७ दशमलब ६ प्रतिशत रहेको छ ।