काठमाण्डौ
२१ फागुन
१०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठान तथा गुञ्जनको संयुक्त आयोजनामा मंगलवार प्रज्ञा भवनमा नेपाली महिला कथामा नारी चिन्तन विषय गोष्ठी गरिएको छ ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुंगले महिलाहरुलाइ शास्त्रले दबाएको हैन व्यक्तिले दबाएका कारण नारी जागरणमा असर परेको बताउनु भयो । यसैगरि वरिष्ठ समाजसेवी भद्रा घलले आफु महिला संगठनमा हुँदा तराइमा महिलाहरुमाथि भएको यातनाको पिडा सुनेर लेख लेखेको थिए तर त्यसमा कसैले पनि टिप्पणी नगरेको जानकारी दिनु भयो । हिरण्यकुमारी पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा डा.उषा ठकुरी , डा. विन्दु शर्मा टिप्पणीकार , डा. माया ठकुरी र कुमारी लामा लगायतको उपस्थिीती थियो ।
सो कार्यक्रममा २०६३ साल देखि २०७५ सालसम्म महिलाको कथामा नारी चिन्तन कार्यपत्र प्रस्तुत गरिएको थियो ।