आधारभूमि संवाददाता
काठमाडौँ, ९ फागुन
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।घरेलु मैदानमा आइतबार राति भएको खेलमा बायर्न म्युनिखले फर्थलाई ४-१ गोलले पराजित गरेको हो ।
बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने एरिक म्याक्सिमले एक गोल गरे ।बायर्नले एक गोल आत्मघाती उपहार पाएको हो ।फर्थका ब्रानिमिर हर्गोटाले एक गोल गरे ।
खेलमा पहिलो अग्रता फर्थले लिएको थियो । खेलको ४२ औं मिनेटमा फर्थका ब्रानिमिर हर्गोटाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर,खेलको ४६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल बराबरीमा फर्काए।
दोस्रो हाफको ६१ औं मिनेटमा फर्थका सेबास्टियन ग्रिजबेकले आत्मघाती गोल गरे पछि बायर्न २-१ ले अघि बढ्यो।
खेलको ८२ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बायर्नका एरिक म्याक्सिमले गोल गर्दै टोलीलाई ४-१ को जित दिलाए ।
जितसँगै बायर्नले २३ खेलबाट ५५ अंक जोडेको छ र शीर्ष स्थानमा छ अंकको अग्रता बनाएको छ ।पराजित फर्थको २३ खेलबाट १३ अंक छ र पुछारमा छ ।