neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लीड्समाथि युनाईटेडको जित

Feb 21st, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ९ फागुन
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लीड्समाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले लीड्सलाई ४–२ गोलले पराजित गरेको हो ।

लीड्सको घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन ह्यारी मग्वाएर,ब्रुनो फर्नान्डिस, फ्रेड र एन्थोनी एलंगाले एक-एक गोल गरे।लीड्सका रोड्रिगो मोरेनो र राफिनहाले एक-एक गोल गरे।

खेलको ३४ औं मिनेटमा ह्यारी मग्वाएरले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।

इन्जुरी समयको पाँचौं मिनेटमा ब्रुनो फर्नान्डिसले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ५३ औं मिनेटमा लीड्सका रोड्रिगो मोरेनोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । लगत्तै ५४ औं मिनेटमा राफिनहाले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए।

खेलको ७० औं मिनेटमा युनाईटेडका फ्रेडले गोल गर्दै टोलीलाई ३- २ ले अघि बढाए।

त्यसपछि खेलको ८८ औं मिनेटमा युनाईटेडका एन्थोनी एलंगाले गोल गर्दै टोलीलाई ४-२ को जित दिलाए ।

जितसँगै युनाईटेडले २६ खेलबाट ४६ अंक जोडेको छ र तालिकाको चौथो स्थानमा छ । पराजित लीड्सको २४ खेलबाट २३ अंक छ र १५ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi