काठमाडौ, फागुन ८
सिद्धार्थ बैंक र वीरगञ्जको गण्डकस्थित कलाक्र्स रिर्सोटबिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंककातर्फबाट वीरगञ्ज शाखाका शाखा प्रर्वन्धक बाबुराम न्यौपाने र कलाक्र्स रिर्सोटकातर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कलाक्र्स रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग वा इन्टरनेट बैैंकिङ्ग प्रयोग गरे बापत होटलबसाई सेवाको भुक्तानी गर्दा २० प्रतिसतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १५ प्रतिसतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यो सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जानकारी पनि बैकले दिएको छ ।