neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको पीएसजी नान्टेससँग पराजित

शीर्ष स्थानको पीएसजी नान्टेससँग पराजित

Feb 20th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, फागुन ८
फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) नान्टेससँग पराजित भएको छ। शनिबार राति भएको खेलमा पीएसजीलाई नान्टेसले ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा नान्टेसलाई जित दिलाउन रान्डल कोलो मुआनी,क्वेंटिन मर्लिन र लुडोभिक ब्लासले एक-एक गोल गरे।पीएसजीका नेमारले एक गोल फर्काए।

खेलको चौथो मिनेटमा नान्टेसका रान्डल कोलो मुआनीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको १६ औं मिनेटमा क्वेंटिन मर्लिनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

पहिलो हाफको इन्जुरी समयमा लुडोभिक ब्लासलेले गोल गर्दै नान्टेसलाई ३-० ले अघि बढाए।खेलको ४७ औं मिनेटमा पीएसजीका नेमारले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र नान्टेसले जित निकालेको हो

जितसंगै नान्टेसले २५ खेलबाट ३८ अंक जोडेको छ र पाँचौं स्थानमा छ । पराजित पछि पनि पीएसजीको २५ खेलबाट ५९ अंक छ र शीर्ष स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi