काठमाडौ, फागुन ७
अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा कलम चलाइरहेकी किरण पल्पसाको शब्द सिर्जनामा नयाँ रोमान्टिक गीत ‘लौन के गरौ’ सार्वजनिक गरिएको छ । रचना रिमालको स्वर रहेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राहुल प्रधानको छ ।
गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आग्रह गरेका छन् । रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा प्रविन डिसी र इष्टु कार्कीको अभिनय देख्न सकिन्छ । जस बहादुर याक्खाको निर्देशन भिडियोमा दिपक गिरीको छायांकन र अमृत चापागाईको सम्पादन रहेको छ ।गीतलाई ओ एस आर डिजिटलको टुयुट्वबाट सार्वजनिक भएको हो ।
एकदशक अगाडिदेखि गीत लेखन गर्दे आएका गीतकार किरण पल्पसा का शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् ।