neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अग्रता जोगाउन नसक्दा टोरिनोसँग बराबरीमा रोकियो जुभेन्टस

अग्रता जोगाउन नसक्दा टोरिनोसँग बराबरीमा रोकियो जुभेन्टस

Feb 19th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, फागुन ७

इटालियन सिरी (ए)फुटबलमा जुभेन्टस टोरिनोसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा जुभेन्टस र टोरिनोले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा जुभेन्टसको लागि मथिज लाइटले एक गोल गरे भने टोरिनोको एन्ड्रिया बेलोटीले एक गोल गरेका थिए।

खेलको १३ औं मिनेटमा मथिज लाइटलेले गोल गर्दै जुभेन्टसलाई अग्रता दिलाएका थिए।

तर, खेलको ६२ औं मिनेटमा टोरिनोका एन्ड्रिया बेलोटीले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै जुभेन्टसको २६ खेलबाट ४७ अंक छ र चौथो स्थानमा छ।टोरिनोको २५ खेलबाट ३३ अंक छ र दशौं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi