neapl investment mega bank
  • गृहपृष्ठ
  • नदीजन्य पदार्थ उत्खननको मापदण्ड पालना गर्न मन्त्रालयको परिपत्र

नदीजन्य पदार्थ उत्खननको मापदण्ड पालना गर्न मन्त्रालयको परिपत्र

Feb 18th, 2022

आधारभूमि संवाददाता

काठमाडौ ६ फागुन

नदीजन्य पदार्थको उत्खननको मापदण्ड पालना गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिहरुलाई परिपत्र गरेको छ ।

नदीजन्य पदार्थको उत्खनन वा संकलन गर्ने स्थानमा सूचनापाटी राख्न सर्वोच्चले दिएको आदेश पालना गर्न मन्त्रालयले परिपत्र गरेको हो ।

सर्वोच्च अदालतले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा १७ को विषयमा अल्पकालिन आदेश दिएको थियो । सो आदेशको पालना गर्ने मन्त्रालयले शुक्रबार परिपत्र जारी गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ढुंगा, गिट्टी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा १७मा नदीजन्य पदार्थको संकलन, उत्खनन, वा ढुवानीकर्ताले संकलन वा उत्खनन गर्ने लम्बाई चौडाई तथा गहिराईसम्मको चारकिल्ला, उत्खनन गर्ने समय र अवधी,प्रयोग गरिने साधन, गुनासो सुन्ने नाम, पद र सम्पर्क नम्बरलगायत विवरण खुल्ने सूचनापाटी उत्खनन वा संकलन गर्ने स्थानमा राखिनुपर्ने छ ।

२०७८ जेठ ४ गते वातावरण कानुन समाज नेपालका अध्यक्ष पदम श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् विरुद्ध ढुंगा, गिट्टी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को कार्यान्वयन किन नभएको भन्दै सर्वोच्च अदालतमा रिट निवदेन दर्ता गरेका थिए ।

उक्त रिटको सुनुवाई गदै सर्वोच्चले २०७८ साउन १७ गते ढुंगा, गिट्टी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा १७ को विपरित कार्य कसैबाट हुन नदीनु भनि अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।