neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने

प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने

Feb 18th, 2022

काठमाडौ, फागुन ६
प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ । फागुन ७ गते मनाइने ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको हो । यसबाहेक एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको जानकारी टेलिकमले दिएको छ । टेलिकमका अनुसार यो अफर शनिवार एक दिनका लागि मात्र उपलब्ध हुनेछ ।

टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ । साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र पाँच सय रुपैयााँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi