neapl investment mega bank
  • गृहपृष्ठ
  • संसद बैठकमा नाराबाजी, अर्को बैठक आइतवार बस्ने

संसद बैठकमा नाराबाजी, अर्को बैठक आइतवार बस्ने

Feb 18th, 2022

काठमाडौ ६ फागुन

प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधिसभाको बैठक आज पनि अवरोध गरेको छ । बैठक सुरु भएलगत्तै अवरोध गरेको छ । नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नाराबाजी सुरु गरेका थिए र यसैविच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए ।

मन्त्री बडुले प्रतिवेदन पेस गरेका प्रतिवेदन पेस गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक फागुन ८ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका थिए।