काठमाडौ, फागुन ६
फोटोन मोटर्सले आफ्नो सोरुम काठमाडौँ बालकुमारीमा फाल्गुन ८ गते देखि फाल्गुन १५ गते सम्म एक्सचेन्ज क्याप गर्ने भएको छ । उक्त क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोनको टुनल्याण्डसंग साटी तत्कालै टुनल्याण्ड लिएर जान सकिने कम्पनीले जनाएको छ । पुराना गाडीहरुको बजारमा प्रचलित मूल्यभन्दा उच्चतम भ्यालुएसन दिने कम्पनीले जनाएको छ ।
उक्त एक्सचेन्ज क्याम्पमा फाईनान्सको सुबिधा पनि रहनुको साथै हरेक टेस्ट ड्राइभ आकर्षक उपहार योजना रहेको जानकारी पनि कम्पनीले दिएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सेल्स हेड नबिन आचार्यले भने ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न एमएडब्लू बृद्धि तल्लीन रहेको छ । यस एक्सचेन्ज क्यापले ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’