आधारभूमि संवाददात
काठमाडौं, फागुन ६
राप्रपा नेपालमा अध्यक्ष कमल थापा बनेको जानकारी दिई अध्याबधिक गर्न निर्बाचन आयोगमा पार्टीले दिएको निबेदन सदर गर्दै आयोगले अद्यावधिक गरेको छ । आयोगले पार्टीलाई बिहीबार प्रेषित गरेको पत्रमा राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजिनामा भई अध्यक्ष कमल थापा हुनुभएको पत्र प्राप्त भएको जनाएको छ ।
पत्रमा राजनितिक दल सम्बन्धि एेन २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली २०७४ को नियम २५ बमोजिम दलको केन्द्रिय समिती हेरफेर भएको अध्याबधिक गरि अभिलेख राख्ने र दललाई जानकारी दिने आयोगले निर्णय गरेको राप्रपा नेपालका नेता सुशील श्रेष्ठले जानकारी दिए । आयोगले पठाएको पत्र बिहीबार पार्टीको केन्द्रिय सचिवालयमा प्राप्त भएको र अध्यक्ष कमल थापा समक्ष पेश गर्दै जानकारी गराएको समेत नेता श्रेष्ठले बताए ।