neapl investment mega bank

सत्तारुढ गठबन्धनको बैठक जारी

Feb 17th, 2022

काठमाडौँ ५ फागुन

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको छ । जारी बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल भैरहेको वताइएको छ ।

बैठकमा एमसीसी अनुमोदन गर्ने भए नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी गठबन्धनमा नबस्ने धारणा राखेका छन् ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छन्।