neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

कोम्यानको गोलमा हारबाट जोगियो बायर्न

Feb 17th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, फागुन ५

जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा बायर्नले एफसी साल्जबर्गसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा बायर्नको लागि किंग्सले कोम्यानले एक गोल गरे भने एफसी साल्जबर्गको लागि चुकवुबुईके अदामुले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने साल्जबर्गले लिएको थियो। खेलको २१ औं मिनेटमा चुकवुबुईके अदामुले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ९० औं मिनेटमा बायर्नका किंग्सले कोम्यानले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

अब दोस्रो लेग मार्च ८ मा बायर्नको घरेलु मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi