neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी बचत बृद्घी खाता सार्वजनिक , मात्र ५१ रुपैयाँमा खाता खोली आठ दसमलव ५५ प्रतिशत व्याज पाईने

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी बचत बृद्घी खाता सार्वजनिक , मात्र ५१ रुपैयाँमा खाता खोली आठ दसमलव ५५ प्रतिशत व्याज पाईने

Feb 16th, 2022

काठमाडौ, फागुन ४
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दे आईरहेको महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना महालक्ष्मी बचत बृद्घी खाता सार्वजनिक गरेको छ ।

मात्र ५१ रुपैयाँमा मै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत बृद्धि खाता’ मा दैनिक मौज्दातमा आठ दसमलव ५५ प्रतिसत व्याज गणना गरी मासिकरूपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । यस योजना अन्तगर्त खाता खोलेका ग्राहकहरुको पाँच लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा गरिएको छ । यस आकर्षक बचत योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिसत छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन ।

विगत देखिनै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको बैंकले आमग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत बृद्धि खाता संचालनमा ल्याएको हो । देशैभर छरिएर रहेका एक सय छीन वटा शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।