neapl investment mega bank

सुनको मूल्यमा भारी गिरावट

Feb 16th, 2022

काठमाडौ ४ फागुन

सुनको भाउ तोलामा १६ सय रुपैयाँले गिरावट आएको छ । मंगलबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेको मूल्य बुधबार भने ओरोलो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार एक सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा झरेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ थियो ।