neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकको ५० औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

ग्लोबल आइएमई बैंकको ५० औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

Feb 15th, 2022

काठमाडौ, फागुन ३
ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दे सिरानचोक शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकको ५० औं एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका छन् । सबैका लागि बैंक भन्ने नाराका साथ २८ लाख भन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदान गर्दे आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।