neapl investment mega bank

१२ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

Feb 15th, 2022

काठमाडौ ३ फागुन

सुनको मूल्य एकै दिन १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज तेजाबी सुनको मूल्य पनि तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९६ हजार २०० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।